गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभएको छ ।

जिपी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको समेत बताउनुभयो । राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै डा. कोइरालाले छिटोभन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउँनुपर्ने धारणा राख्नुभयो ।

संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको उहाँले टिप्पणी गर्नुभयो । संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको भन्दै अहिले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेको बताउनुभयो ।

Advertisment