राष्ट्रको हितप्रति अभिप्रेरित बन्नु अहिलेको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले धेरै दुःख पाएकाले अबको बाटो हिंसात्मक हुनै नसक्ने उल्लेख गर्नुभएकाे छ । काठमाडौमा नेकपा नेता झलनाथ खनालको ‘परिवर्तनका स्वरहरु गीति संग्रह भाग–२’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले देशमा संघीयतासहितको गणतन्त्र स्थापना भएको, संविधानको कार्यान्वयन भएको र स्थीर सरकार स्थापना भएकाले अबको मुख्य उद्देश्य मुलुक समृद्धिको अर्को विकल्प नरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति स्थापनालाई जीवन्त तुल्याउन अहिलेको सरकार कटिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो । विभिन्न बाहानामा मुलुकमा अशान्ति फैलाउने गतिविधि नगर्न र समानतामुलक समाजवादको स्थापना गर्न सबैले साथ दिन आग्रह गर्नुभयो । लोकतन्त्रका मूल्यमान्यतालाई आत्मसात गर्दै राष्ट्रको हितप्रति अभिप्रेरित बन्नु अहिलेको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेकपा नेता झलनाथ खनालले नेपालमा आएको राजनीतिक परिवर्तन ठूलो त्याग बलिदानले आर्जेको भन्दै मुलुकको समृद्धिमा कुनै किसिमको काम बाँकी नराख्न सरकारलाई आग्रह गर्नुभयो ।

Advertisment