प्रमुख निर्वाचन आयुक्त यादवको पदावधि सकियो, आयोग नेतृत्वबिहीन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको ६ वर्षे पदावधि सकिएको छ । यादव निर्वाचन आयोगबाट आइतबार विदा भएपछि आयोग नेतृत्वबिहीन हुन पुगेको हो ।

२०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गर्नुभएको यादव २०६९ को नियुक्तीमा पुनः त्यही भूमिकामा रहनुभएको थियो । तत्कालीन नेकपा माओवादीको सिफारिसमा आयुक्त बन्नुभएका यादव सोही पार्टीकै समर्थनमा प्रमुख आयुक्त हुनुभएको थियो । विदाइको क्रममा यादवले निर्वाचनका लागी आयोगलाई अधिकारप्राप्त बनाउनुपर्ने र निर्वाचनको मिति तोक्ने अधिकार पनि आयोगलाई दिने गरि व्यवस्था गर्नुपर्ने धारणा राख्नुु भएको थियो ।

यादवको विदाईसँगै आयोगको इतिहासमा १४औं प्रमुख आयुक्त आयोगभित्रबाटै आउने हो कि बाहिरबाट भन्ने विषय अहिले सबैको चासो बनेको छ ।

Advertisment