राजतन्त्रको नारा नलगाउन प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र राख्ने कि नराख्ने भन्ने विषयमा जनमत संग्रह हुन नसक्ने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले रगत बगाएर जनताले राजतन्त्र फ्याली गणतन्त्र ल्याएकोले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो । आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा स्वतन्त्र मधेस गठबन्धन (हाल जनमत पार्टी) का संयोजक सीके राउतसँग ‘जनमतसंग्रहको सहमति नभएको’ पनि प्रष्ट पार्नुभयो । संविधान सभाले बनाएको संविधान, संसद र संसदले बनाएको सरकार नै जनमत भएको प्रधानमन्त्रीको दाबी गर्नुभयो ।

त्यस्तै संसदम संबोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सम्झाउँदा नसम्झिएकाले नै कडा कदम चाल्नुपरेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अब देशमा अशान्तिको शृंखला जारी राख्ने कल्पना नगर्न सुझाउनुभयो ।

Advertisment