छलफलपछि मात्र बिधेयक ल्याउन सभामुखको सुझाव

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रयाप्त छलफलपछि मात्र बिधेयक ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

राष्ट्रिय सूचना आयोग काठमाडौंले आयोजना गरेको सूचना हकको राष्ट्रिय सम्मेलनमा सभामुख महराले बिधेयकमाथि गुनासो बढि रहेकोले सरोकारवालाहरुको सुझाव महत्वपूर्ण हुने धारणा राख्नुभएको हो । ऐन कानुन जनताका लागि भएकोले ऐन निर्माणका लागि विस्तृत छलफल गर्दै परिमार्जन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । सभामुख महराले सूचना व्यवस्थित ढंगले बाहिर आए समाजमा हुने बेथितिको अन्त्य हुने जिकिर गर्नुभयो ।

त्यस्तै सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सूचना आयोगलाई संवैधानिक आयोगको मान्यता दिनमा जोड दिनुभयो ।

Advertisment