नेपाल र अमेरिकाबीच बार्ता गर्ने सैद्धान्तिक समझदारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताउनुभएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका दाहाल बिहीबार स्वेदश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकमा भएका केही भेटवार्तामा नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताउनुभएको हो ।

मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफूलाई स्वागत गरेको अध्यक्ष दाहालले बताउनुभयो । भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि कुराकानी भएको बताउनुभयो । म आकासमै रहेको समयमा अमेरिकामा म विरुद्ध उजुरी परेको भन्दै उहाँले केही नेपालीले अमेरिकमा बसेर नेपालको नै बेइज्जत हुने काम गरेको टिप्पणी गर्नुभयो ।

त्यस्तै अध्यक्ष दाहालले पत्नी सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको समेत जानकारी दिनुभयो ।

Advertisment