सरकारले जनताको मन जित्ने काम गर्न सकेन : अध्यक्ष राणा

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रीक गठबन्धनले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारको पछिल्लो क्रियाकलाप हेर्दा जनताको मन जित्ने कार्य गर्न नसकेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष राणाले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत समेत बताउनुभयो । केन्द्रमा मौलाएको भ्रष्टाचारलाई सरकारले वडा वडामा लगेर भ्रष्टाचार कै बिकेन्द्रिकरण गरेको टिप्पणी गर्नुभयो । जनताले दिएको दुईतिहाइको मतको अवमूल्यन हुनेगरि काम नगर्न उहाँले सरकारलाई सुझाव पनि दिनुभयो । मुलुकमा ८१ प्रतिशत भन्दा बढि हिन्दु रहेको भन्दै नेपाललाई धर्मनिरपेक्षबाट हिन्दु राष्ट्रमा फर्काउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा सहभागी नेताहरुले राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुवादीहरुको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।

Advertisment