ऐतिहासिक सम्पदाको पुनर्निर्माण मौलिक ढंगले गरिनुपर्ने : ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदाका निर्माण मौलिक ढंगले गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा नेपाल इञ्जिनियर्स एशोसिएसनद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले यसअघि निर्माण भएका पुराना ऐतिहासिक सम्पदाको निर्माणका विषयमा गहन अध्ययन गर्नुपर्ने भन्दै अब पुनर्निर्माण हुने सम्पदाको निर्माण मौलिक ढंगले हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले रानीपोखरीको पुनर्निर्माणका लागि पोखरी निर्माण मौलिक ढंगले गर्दा पानी अड्याउन नसकिएको उदाहरण दिदै इञ्जिनियरहरुले यसमा विशेष अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले सिंहदरबारको पश्चिमी भागलाई रेट्राफिटिङ गरेर बचाउन सक्ने निष्कर्षमा प्राधिकरण पुगेको जानकारी दिनुभयो ।

Advertisment