लगानीको वातावरण बनाउन सरकारले सकेन : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगानीको वातावरण बनाउन सरकारले नसकेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले विदेशी लगानी नेपालमा भित्र्याउने कुरा सकारात्मक भए पनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको आरोप लगाउनुभएको हो । उहाँले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूला कुरा गर्नु हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो । आफूले प्रस्तुत गरेको विकास बजेट खर्च गर्न नसक्ने क्षमता नभएको सरकारले ठूला कुरा गरेर जनताले पत्याउन नसक्ने बताउनु भयो ।

उहाले मुलुकका सामु तमाम सुरक्षा चुनौतिहरु रहेकाले सबैलाई बार्ता र छलफल मार्फत राजनीतिको मुलप्रवाहमा ल्याउनु पर्ने धारणा पनि राख्नुभयो ।

Advertisment