हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।

हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु गरिएको राप्रपाले जनाएको छ । हस्ताक्षर अभियान चैत २३ गतेसम्म हुनेछ । सोमबारदेखि स्थानीय तहबाट पनि हस्ताक्षर संकलन गर्ने राप्रपाले जनाएको छ । ८१ प्रतिशत हिन्दूहरु रहेको मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको बताएको छ । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने छ ।

Advertisment