नेपाल बार एशोसिएशनकोे निर्वाचन मतगणना जारी

काठमाडौं । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना भएको थियो । मंगलबारबाट अन्य १० वटा स्थानमा मतगणना भइरहेको छ । २५औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बृहत् लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेलबीच प्रतिस्पर्धा भएको छ ।

तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

Advertisment