समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक रहेको बताउनुभएको छ ।

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बिदेशी लगानी भित्राएर मुलुकलाई छिटो बिकास गर्न सकिने बताउनुभयो । उहाँले हालै सम्पन्न लगानी सम्मेलनमा प्रतिबद्धता भएअनुसारका लगानी भित्राउन सरकार गम्भीर भएर लाग्ने धारणा पनि राख्नुभयो ।

त्यस्तै उहाँले नेपालको आधुनिकीकरणको पहिलो सर्त कृषिको आधुनिकीकरण भएको बताउनुभयो । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न उहाँले आग्रह गर्नुभयो । सामूहिक खेतीको अवधारणालाई अघि बढाउन सके कृषि क्षेत्रको बिकास पनि छिटो हुने बताउनुभयो । थोरै तर अर्गानिक उत्पादन गरे अरुले भन्दा राम्रो मूल्य लिन सकिने भन्दै प्रधानमन्त्री ओलीले स्वस्थकर कृषि सामाग्रीको माग पनि बढ्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न समेत आग्रह पनि गर्नुभयो । उहाँले अब दुई वर्षभित्र सबै जिल्लालाई सदमुकामसँग जोड्ने भन्दै कृषि सामाग्रीहरुलाई बजारीकरण गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Advertisment