जनतालाई दिग्भ्रमित पार्ने काम भयाे : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वच्छतालाई कायम राख्न विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ ।

न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनमा राष्ट्रपति भण्डारीले केही समय यता राज्यका संयन्त्रप्रति आधारहिन कुरा उठाएर जनतालाई दिग्भ्रमित पार्ने काम भएको र यसमा न्यायपालिका अछुतो नरहेको धारणा राख्नुभयो ।

उहाँले कुनै व्यक्तिको आचारण र व्यवहारलाई समग्र संस्थाको विश्वसनियता र मर्यादामा ह््रास आउन नदिन विवादीत बनाउने प्रयासलाई समयमा नै पहिचान गरि निरुहात्सीत बनाउनुपर्ने बताउनुभयो । जनअधिकारको संरक्षण र कानूनी शासनको मर्यादालाई अक्षुण राख्ने तथा न्यायापालिकाको प्रतिष्ठा र गरिमालाई सदा उच्च राख्ने काममा लाग्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा प्रधानन्याधीश चोलेन्द्र शम्शेर जवराले नयाँ संहिता कानूनहरुको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा अदालत तथा सम्वद्ध अधिकारीमा अवधारणागत स्पस्ष्टता सक्षमता एवं प्रयोगमा एकरुपता र आवश्यक पूर्वाधारहरुको कमी तथा चूनौतिहरुको महसुस भएको बताउनुभयो ।

सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयमा छलफल गर्नेछ । छलफलमा पेस भएका कार्यपत्रमाथिको विभिन्न समूहमा बहस भएपछि काठमाडौँ घोषणापत्र जारी हुने बताइएको छ । शनिबार सम्मेलन समापन हुनेछ ।

Advertisment