वातावरण प्रदुषण गर्ने सवारी साधन नियन्त्रणमा लिइने

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वातावरण प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक महाशाखालाई निर्देशन दिनुभएको छ ।

उपत्यकाको ट्राफिक ब्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ कार्यान्वयनको शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले हरियो स्टीकरण टाँसेका सवारी साधनले पनि धुवा उडाउदै गुडेको भन्दै वातावरण प्रदुषण गर्ने त्यस्ता सवारीलाइ नियन्त्रण लिन निर्देशन दिनुभएको हो ।

फुटपाथ नियन्त्रण र मिटर ट्याक्सीको समस्या दिनानुदिन जटिल बन्दै गएको उल्लेख गर्दै प्रहरी प्रमुख खनालले फुटपाथ अतिक्रमण स्थानीय निकाय र सबै मिलेर हटाउनुपर्ने बताउनुभयो । काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन बस पकेट निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले सरकोरवाला निकायसँगको समन्वयमा सडक सुधार योजना अघि सार्ने र यसमा ट्राफिक प्रहरीको भूमिकालाई पनि बृहत पारिने जिकिर गर्नुभयो ।

ट्राफिक प्रहरी माहाशाखाले ‘ट्राफिक एक्सन टास्क’ टिम बनाएर उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक ब्यवस्थापन सुधार कार्ययोजना–२०७५ कार्यान्वयन शुरु गरेको छ ।

Advertisment