जनता र विकास केन्द्रित बजेट ल्याउने तयारी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम दोहरिन नदिन मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने समेत बताउनुभयो । सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले जनता र बिकास केन्द्रित बजेट ल्याउने तयारी भईरहेको जानकारी पनि दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास व्यक्त गर्नुभयो प्रधानमन्त्री ओलीले आँधीहुरीपीडित बारा र पर्साका बासिन्दालाई राहत र पुनःस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिमरुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौं आएका हुन् ।

Advertisment