अत्यावश्यक क्षेत्रमा हड्ताल, नारा जुलुस गर्न नपाइने

काठमाडौं । अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल, नारा जुलुस गर्न नपाइने व्यवस्था सरकारले गरेको छ । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो । सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामन्त्री गोकुल बास्कोटाले टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा संचालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।

त्यस्तै औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने उहाँले जानकारी दिनुभयो । बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटो बनाउन धादिङको धुनेबेसीमा रहेको ० दशमलब १७ हेक्टर वन फडानी गर्ने निर्णय पनि गरेको छ ।

Advertisment