नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ४ हजार २२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले ३ हजार ८७३ मत प्राप्त गर्नुभयो । महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका हुनुभयो । प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित हुनुभएको हो । पौडेलले चार हजार १७८ मत प्राप्त गर्दा पराजित थापामगरले तीन हजार ७०१ मत प्राप्त गर्नुभयो । पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ ।

नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी ८ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

Advertisment