कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडाैं । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय सानेपा कांग्रेस नेताहरु पुगेपनि पार्टी सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । कांग्रेस नेता महेन्द्र यादवले भने केही विषयमा थप सहमति खोज्नुपर्ने भएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग गठन हुन सकेको छैन ।

यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाउनुभएको थियो । कांग्रेसको अनुशासन समिति, निर्वाचन समिति भने यसअघि नै गठन भइसकेको छ ।

Advertisment