‘२०औँ मनमोहन स्मृति दिवस’

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको प्रतिष्ठानमा आयोजना गरेको ‘२०औँ मनमोहन स्मृति दिवस’ मा प्रधानमन्त्री ओलीले सरकारको ध्यान मुलुकको बिकासमा रहेको भन्दै यसप्रति गम्भीर भएर सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले अहिले विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको धारणा पनि राख्नुभयो । उहाँले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयो । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्व. अधिकारीको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री अधिकारीको वि.सं. २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Advertisment