पर्यटन क्षेत्र विकासका लागि नीजि क्षेत्र गम्भीर हुनुपर्छ : डा. भट्टराई

काठमाडौं । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ काठमाडौमा आन्तरिक पर्यटन मेला सुरु भएको छ ।

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक पर्यटन प्रवद्धनका लागि मुलुकको सबै स्थानमा प्रचारप्रसारको खाँचो रहेको बताउनुभयो । उहाँले आमस्तरणमा मनोरञ्जन भन्दा सांस्कृतिक, धार्मिक स्थानहरुको बिकास गरेर आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि नीजि क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताउँदै सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा दुई दिनसम्म संचालन हुने मेलाको ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिने स्टल राखिएको छ । मेलामा विशेष सांस्कृतिक कार्यक्रमका साथै मुलुकका सबै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यापारि गरी एक सयभन्दा बढी स्टल रहेको छ । सातओटै प्रदेशका मुख्य परिकार पनि प्रदर्शनमा राखिएको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलाको दुई लाख बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

Advertisment