पत्रकारका समस्या समाधान गर्न पहल गर्ने : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रकारका समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभएको छ ।

पत्रकार महासंघको टोलीसँगको भेटमा अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउने बताउनुभयो । आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसलाई जाने उल्लेख गर्दै उहाँले माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डालाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेको स्मरण गुर्नभयो ।

प्रेसकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आईपुगेको अध्यक्ष दाहालले बताउन्ुभयो । यसका लागि पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको बताउनुभयो । नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषण पत्र बुझ्दै अध्यक्ष दाहालले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा प्रेसले साथ दिएको जिकिर गर्नुभयो । उहाँले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिने बचन दिनुभयो । प्रेस स्वतन्त्रता कुण्ठिन नहुने गरी कानुन निर्माणमा भूमिका खेल्ने बताउनु भयो ।

उहाँले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्बन्धित सरोकारवालासँग छलफल गरेरै बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार महासंघले उठाएका मागबारे पार्टी र सरकारमा छलफल गर्ने र प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराउनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।

Advertisment