सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गर्न दबाब

काठमाडौं । द्वन्द्वपीडित समाज तथा मानव अधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले दुवै आयोगमा पदाधिकारी चयन गर्न सिफारिस समिति बनाएर काम गरिरहेका बेला द्वन्द्वपीडित र अधिकारकर्मीहरुले ऐन संशोधन गरेर मात्र पदाधिकारी नियुक्त गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले समेत ती आयोगको ऐन संशोधनका लागि आदेश दिएको भन्दै उनीहरुले आदेश कार्यान्वयन गर्न दबाब दिएका थिए । धर्नामा सहभागीहरुले ऐन संशोधन बिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने बताएका छन् ।

Advertisment