खुला विश्वविद्यालयमा आमसञ्चारको पढाइ हुने

काठमाडौं । नेपाल प्रेस इन्स्टिच्यूटले नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा आमसञ्चार अध्ययन अन्तरगतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौमा आमसञ्चार विषयमा स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेष्टर सुरु गर्ने गरी दुबै संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार आउँदो असोज महिनाभित्र उक्त विषयको पढाई हुनेछ । विश्वविद्यालयमा रहेको शैक्षिक विज्ञतालाई थप परिस्कृत गर्न नेपाल प्रेस इन्स्टिच्यूटले उक्त पढाई संचालन गर्न लागेको हो । कार्यक्रममा प्रेस इन्स्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतीले आधुनिक प्रविधिको प्रयोग गरेर नेपालको शिक्षा क्षेत्रलाई थप बिकसित बनाउने प्रयास हुने धारणा राख्नुभयो ।

उहाँले ज्ञान बितरण गर्नका लागि शैक्षिक केन्द्र नै धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै खुल्ला शिक्षाको अवधारणा ल्याइएको बताउनुभयो ।

Advertisment