चीनको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी हुनुभएको थियो । उहाँले उक्त फोरमलाई विशेष सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भयो । उक्त बैठकमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisment