२२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बैशाख २२ गतेदेखि छलफल हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते नीति तथा कार्यक्रममाथि छलफल हुने जानकारी दिनुभयो । छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रपति भण्डारीले संयुक्त सदनमा आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक बैशाख २२ गते बस्नेछ ।

Advertisment