सरकारले ल्याएको नीति तथा कार्यक्रम निबन्ध मात्र : भट्टराई

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको टिप्पणी गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले नीति तथा कार्यक्रममा सरकारले कुनै नयाँ कुरा ल्याउन नसकेको संचारकर्मीलाई बताउनुभएको हो । उहाँले सरकारले यसअघि सुरु गरेका आयोजनाहरु अझै पनि सुरु हुन नसकेको भन्दै नीति तथा कार्यक्रममा भएका विषयमा बिश्वास गर्न नसकिने उल्लेख गर्नुभयो ।

त्यस्तै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम एउटा निबन्ध मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने विषयमा नीति तथा कार्यक्रम मौन रहेको तर्क गर्नुभयो ।

त्यस्तै राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले कुनै पनि उत्कृष्ठ कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । नीति तथा कार्यक्रम बाचन गर्दा राष्ट्रपतिले मेरो सरकार भनेर गणतन्त्रलाई नै खिल्ली उडाउने काम भएको उहाँले बताउनुभयो ।

Advertisment