यो वर्ष धान, मकै र गहुँको उत्पादनमा ४६, ६५ र ९६ प्रतिशतले वृद्धि

काठमाडौं । यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः १, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ ।

तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग गर्नु बताइएको छ । नार्कले काठमाडौमा आयोजना गरेको ‘पत्रकार कृषि वैज्ञानिक अन्तर संवाद कार्यक्रममा नार्कले बाली, बागवानी, पशु, मत्स्य र सामाजिक आर्थिक क्षेत्रमा अनुसन्धान गर्न देशभरीका ६२ कृषि र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, महाशाखा र बाली वस्तुविशेष कार्यक्रम दुई अर्ब ३७ करोड ७८ लाख रुपैयाँमा अनुसन्धान पूर्ण गरेको जनाएको छ ।

गहुँमा किसानलाई आत्मनिर्भर बनाउन त्यसमा लाग्ने खैरो सिन्दुरे, डढुवा, कालोपोके र सेतो ढुसीरोग अवरोधी बिएल ४३४१ विकास गरी खेतीका लागि सिफारिस गरिसकिएको प्रमुख बीउ विज्ञान महाशाखा प्रमुख ताराबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नार्कले अलैँचीमा तन्तु प्रसारणको प्रयोगबाट रोगमुक्त विरुवा निकाली वितरणको काम गरिरहेको बताएको छ । नार्कले विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ संकलन गरी भविष्यका लागि जिन बैंकमा संरक्षण गरिसकेको छ । नार्कले दुग्ध र मासुको उत्पादन वृद्धिका लागि अनुसन्धानका काम गरिरहेको जनाएको छ ।

Advertisment