चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयन

काठमाडौं । नेपालले चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने गरि चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । सन् २०१६ मा पारवाहन सम्झौता भएपनि गत साता राष्ट्रपतिको चीन भ्रमणपछि कार्यान्वयनमा आएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले चीन र नेपालको पारवाहन सम्झौताबारे जानकारी गराउँदै चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको बताउनुभयो । अहिले तियान्जेन, सेनजेन, लियानयुगाङ् र झाङ्ग जियाङ गरि ४ सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सकिने र अरु क्रमश खुल्दै जाने सचिव अधिकारीले बताउनुभयो । सम्झौतासंगै चीनको भूमी हुँदै कोरिया, जापानलगायतका तेस्रो मुलुकमा बस्तु आयातनिर्यात गर्न पारवाहन मार्ग खुला भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै पारवहनका लागि सबै सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने र हाललाई लान्जाओ, ल्हासा र सिगात्से बन्दरगाह प्रयोग गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

Advertisment