सहकारीमा बदमासी गर्नेको दिन गए : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा बदमासी गर्नेको दिन गएको बताउनुभएको छ ।

सहकारी नियमावली २०७५ का विषयमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले एक सहकारीमा बदमासी गर्ने मान्छे अर्को सहकारीमा जान नपाउने बताउनुभयो । सहकारीमा समस्या निराकरण गर्न अनुगमन र निरीक्षण प्रभावकारी बनाउने उहाँको भनाई छ । सहकारी उत्पादनमा अनिवार्य जानुपर्ने भन्दै मन्त्री अर्यालले उत्पादनमा जान सहजका लागि पनि मर्जको अभियान अघि सारिएको बताउनुभयो । मन्त्री आर्यालले सहकारीको मूल्यमान्यतामै सहकारी संचालन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले लगानी क्षेत्र किटान गरेर उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ऐन कार्यान्वयन गर्न नियमावली माध्यम बनेको बताउनुभयो । नियमावलीमा व्यवस्था भएका स्थरीकरण कोष, कर्जा असुली न्यायाधिकरणलगायतका विषयमा कार्यविधि बनाएर छिट्टै कार्यान्वयन गर्ने सचिव मैनालीले बताउनुभयो । सहकारी अनुगमनका लागि तत्काल सेकेन्ड टायर इनिस्च्यिूट गठन गर्न संभव नभएको भन्दै नियमन निकायले नै सहकारी नियमन गर्ने उल्लेख गर्नुभयो ।

Advertisment