सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनकाे टुंगो चाँडै लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुंगिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा हुने बताउनुभएको छ ।

शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफैँले सुरु गरेको शान्तिप्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औँल्याउनुभयो । अध्यक्ष प्रचण्डले विविध कारणले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम गर्न नसकेकाले ऐन संशोधन र दुबै आयोग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले विगतमा जसरी पद्ममरत्न तुलाधर र दमनाथ ढुङ्गानाले सहजकर्ताको भूमिका निभाएर शान्तिप्रक्रिया अगाडि बढ्यो त्यसैगरी ढुङ्गाना, चरण प्रसाईंलगायतले भूमिका खेल्ने बेला आएको बताउनुभयो ।

भूमिगतरुपमा आफूलाई भेटी शान्तिप्रक्रियामा जानुपर्छ भनेर उत्प्रेरित गर्ने, विश्वास र भरोसा पनि गर्ने र कमजोरी केलाउन सक्ने भएकै कारणले उहाँलाइ अभिभावकको रुपमा आफुले सम्झने गरेको प्रचण्डले बताउनुभयो ।
कार्यक्रममा दिवङ्गत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को लोकार्पण गरिएको थियो ।

Advertisment