सिद्धिखर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘समृद्ध समाजको नेतृत्व, सहकारीको दायित्व’ भन्ने मुल नाराका साथ चन्द्रागिरि नगरपालिका–७ मा सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शनिबार विहान १० बजे देखि सुरुभएको कार्यक्रम दिउँसो दुई बजेसम्म संचालन गरिएको थियो । उक्त कार्यक्रममा रक्त संचार केन्द्र, काठमाडौंबाट आएका ४ जना डाक्टरहरुले सेवा दिएका थिए । रक्तदान कार्यक्रममा महिला ११ पुरुष ३९ गरी ५० जनाको सहभागिता रहेको थियो ।

सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रीराम लामिछानेले देशैभरी भएको रगतको समस्यामा न्यूनिकरणको लागि यो रक्तदानले केही हदसम्म भएपनि टेवा पुग्नेमा आफु विश्वस्थ रहेको बताउनु भयो । उहाँले यो सहकारीले ऋण तथा बचतको मात्र काम नगरि उत्पादन क्षेत्रमा लगानी गर्दै आएको पनि बताउनु भयो । युवापुस्ता दिनानुदिन विदेश पलायन भएको अवस्थामा सहकारीले चन्द्रागिरि नगर भित्रका युवालाई विभिन्न किसिमको तालिम दिई उत्पादन क्षेत्रमा लगाउँदै आएको अध्यक्ष लामिछाने बताउनु हुन्छ । सरकारले समृद्ध नेपाल सुखी नेपाली भनिरहँदा यो सहकारीले नगरमा बढ्दै गएको बेरोजगारि समस्यालाई केही हदसम्म भएपनि कम गर्न सहकारी सफल भएको लामिछानेको दाबी छ ।

४ सय बढी सदस्य रहेको सहकारीले केही दिनको लागि सदस्यता खुल्ला गरेको छ ।

Advertisment