काठमाण्डौँ १४ फागुन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साझेदार ऋणी संस्थाको क्षमता बढाउन मङगलबार रुपन्देहीको बुटवलमा साझेदार लघुवित्त तथा सहकारी संस्थाका शाखा प्रबन्धकलाई कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
तालिममा प्रदेश नं ३, ४ र ५ का ३४ साझेदार संस्थाका ४६ जनाको सहभागिता थियो । तालिममा फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका कामु नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले साझेदार संस्थाका लागि कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन तालिमको आवश्यकतबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नविल बैक बुटबलका शाखा प्रबन्धक सन्तोष पाण्डेले धितो लिलाम सम्बन्धी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तका सहायक प्रबन्धक ज्ञानेन्द्र वाग्लेले कर्जा विश्लेषण तथा ऋण सदुपयोगिता, कामु नायब प्रमुख कार्यकारी अधिकृत पन्तले कर्जा जोखिमको पहिचान तथा व्यवस्थापन र बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानेले भाखा नाघेको ऋण व्यवस्थापन विषयमा सहजीकरण गर्नु भएको थियो । तालिमवाट सहभागीहरुले आगामी दिनमा प्रभावकारी ढंगले ऋण व्यवस्थापन गर्न सहयोग पुग्ने विचार राख्नुभएको थियो ।
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
फस्र्ट माइक्रोफाइनान्सले “घ” वर्गको राष्ट्रिय स्तरको थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भइ लघुवित्त वित्तीय संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गर्दै आएको छ । गत पौषमसान्तसम्म ७७ जिल्लामा कार्य क्षेत्र भएका १३७ ऋणी साझेदार संस्था मार्फत न्यून आय भएका सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा फस्र्ट माइक्रोफाइनान्सले लघुकर्जा मार्फत प्रत्यक्षरुपमा सहयोग गरेको छ ।