काठमाडौ, चैत्र १५ । कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिनुभयो । उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।
उत्पादक÷ वितरकको सहमतिमा नै चीनबाट सामग्री’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) .लगायत सामान उत्पादक÷वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक÷वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक पटक बोलपत्र आह्वान गर्दासमेत कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादक÷वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता गरी उक्त सामग्री चीनबाट ल्याउन लागिएको जानकारी दिनुभयो । सामग्री ल्याउनका लागि आज नेपाल वायुसेवा निगमको जहाज चीन गएको छ ।
राति १ बजे जहाजले सामग्री नेपाल ल्याउने छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय शुरुदेखि नै क्रियाशील रहिरहेको उल्लेख गर्दैै सामग्री ल्याउने विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेको भनी दुःख व्यक्त गरेको छ । ‘‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरीद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित÷पोष्ट भइरहेको परिप्रेक्ष्यमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्रीहरु मात्र प्रचारप्रसार गर्न सबैमा अनुरोध छ’’, विज्ञप्तिमा भनिएको छ । उहाँले संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च बनाउन र जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ ।
पिपिई हस्तान्तरणमा निजी क्षेत्र अग्रसर
ः कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भइरहँदा व्यक्तिगतस्तरबाट सरकारलाई सहयोग हुन थालेको छ । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका व्यवसायी भरत पराजुलीले आज स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई ४० सेट पिपिई हस्तान्तरण गर्नुभएको छ । हरेक पिपिई सेटमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपका छन् । पराजुलीले सबै सामग्री नेपालकै बजारबाट किनेको जानकारी दिनुभयो । “एक सेट पिपिईको मूल्य अभिवृद्धिकर (भ्याट) बाहेक रु आठ हजार ५०० प¥यो, उहाँले भन्नुभयो, “कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस् भनेर आफूले सकेको सहयोग गरेको हुुँ ।” उहाँले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका बीचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो । “यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ”, उहाँले भन्नुभयो ।
पिपिई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको बताउनुभयो । सो सेटले ज्वरो क्लिनिक, आइसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा पोखरेलको भनाइ छ । पिपिई सेट प्रमुख विशेषज्ञ डा पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
सनराइज बैंक सहयोग यस्तै सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई २५ थान उपलब्ध गराएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिई दिएको बैंकले जनाएको छ ।
बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आज वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई २५ थान पिपिई हस्तान्तरण गर्नुभयो । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई पनि २५ थान पिपिई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्ययालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनुभयो । कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देशवासीलाई थोरै थोरै भए पनि मलम लगाउने उद्देश्यले सातै वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गर्ने जानकारी दिनुभयो ।(रासस)