टोखा नगरपालिकाले १७ नगरप्रहरी राख्ने

काठमाडौँ, ९ भदौ ।ः टोखा नगरपालिकाले नगरप्रहरी राख्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाको सुरक्षाका लागि नगरप्रहरी भर्ना गर्न लागेको हो ।

कानून निर्माण गरिसकेकाले नगर प्रहरी भर्नाका लागि सूचना समेत जारी गरिसकिएको छ ।

उपप्रमुख ज्ञानमायाँ डङ्गोलले नगरपालिकाको सुरक्षाका लागि १७ नगरप्रहरीका लागि आवेदन खुला गरेको जानकारी दिनुभयो ।

“१७ मध्ये एक सहायक पाँचौ, एक सहायक चौँथो, १० प्रहरी जवान र पाँच महिला नगरप्रहरी जवान रहनेछन्”, उहाँले भन्नुभयो । विस २०७८ असार मसान्तसम्म करारमा नियुक्त गर्न लागेको टोखाले नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको छ ।

Advertisment