मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौ, २३ भदौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्य सँग सम्बन्धित विभिन्न संस्थासंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बसुन्धाराको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटको भिजन कन्सर्न, अनामनगरको डाक्टर अन कल, लाजिम्पाटको सुरिया हेल्थ कियर र कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा छुटको व्यवस्था गरिएको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १०, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १०, चिकित्सक परामर्श शुल्कमा १५ र स्पा सम्बन्धी सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । लाजिम्पाट, चाबहिल र बौद्धको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५, कन्ट्याक्ट लेन्समा १० र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । त्यसमा डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ । सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित गरी पिसिआर परीक्षणमा रु ४०० को विशेष छुटको व्यवस्था गरिएको छ । सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसिआर परिक्षणमा १० र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभि १९ को सङ्क्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने बैकका प्रमुख सूचना अधिकारी तिबहादुर गुरुङले बताउनुभयो । ग्राहकले भीसा नेटवर्क मार्फत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।

Advertisment