सुखावतीको हाम्रो पनि दशैँ अभियानमा ३३ विपन्न परिवारलाई खाद्यान्न सहयोग

प्रकाश अधिकारीबाट


काठमाण्डौँ, ६ कात्तिक । सुखावती स्टोर नामक टाउनप्लानिङ सामाखुशीमा रहेको उद्यमशील संस्थाले “हाम्रो पनि दशैँ” कार्यक्रम अन्र्तगत काठमाडौँ र ललितपुरका ३३ विपन्न परिवारलाई खाद्य सामग्री र नगद सहयोग गरेको छ ।

अघिल्लो वर्ष झै यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष चीजमान गुरुङले बताउनुभयो । सुखावतीलाई पुन प्रयोगका लागि पुराना कपडा दान गर्नुहुने दाताहरुको सिफारिशमा २५ केजीको चामकल एक बोरा, दाल २ के जी, चियापत्ति, साबुन, नुन, चिनी, तेल र मासुका लागि नगद एक हजार प्रति परिवार सहयोग गरेको छ ।

संस्थाले दाताहरुबाट पुरानो कपडा लगायत प्रयोग गर्ने मिल्ने सामग्री सङ्कलन गरी प्रशोधन गरेर न्यूनतम रु १० देखि कपडा बिक्री गर्दछ । त्यसबाट आर्जित रकम “हाम्रो पनि दशैँ” लगायतका विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ । हाम्रो पनि दशैँ कार्यक्रम अन्तर्गत हुम्ला निवासी हाल सामाखुसी काठमाडौँ बस्ने शारदा ऐडी सुखावतीको उक्त सहयोगबाट निकै खुशी हुनुहुन्छ । काठमाडौँमा दैनिक ज्याला मजदूरी गर्ने उहाको हाल कोभिड १९ ले गर्दा स्थिति निकै दयनीय बनेको छ ।

“ काम पाउनै निकै गारो छ आजभोलि काम पाए पनि टेस्ट गरेको रिपोर्ट माग्छन् हामी गरिब ले कसरी कोभिड टेस्ट गर्ने ? पैसा पनि छैन काम पनि छैन । बिहान बेलुका छाँक टार्न गाह्रो छ, यस्तो बेला सहयोग गर्नु भएकोमा सुखावती प्रति आभारी छु, यति सहयोगबाट हाम्रो पनि दशैं दशैं जस्तै हुनेभयो ।”

Advertisment