नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने

काठमाडौँ, २७ कात्तिक । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । यसअघि सो बैठक कात्तिक २७ गते तोकिएको थियो । शुक्रबार दिनको एक बजे पार्टी केन्द्रीइ कार्यालयमा बस्ने सो बैठकमा पदाधिकारी, केन्द्रीय तथा आमन्त्रीय सदस्यको सहभागिता रहेने पार्टीका मुख्य सचिव कृष्णप्रसद पौडेलले ज्योति खबरलाई जानकारी दिनुभयो ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाउँदै आएको विभाग खारेजी, सक्रिय सदस्यता तथा अन्य विधान विपरित भएका काम बारेको मागपत्रबारे सहमति जुटाउन बैठक राख्नुभएको थियो । सो पदाधिकारी बैठकमा भएको सहमति अनुरुप विवाद निरुपण गर्न एक छरितो समिति बनाइएको छ । त्यसले आउँदो बैठकमा सहमतिको खाका प्रस्तुत गर्ने जनाइएको छ ।

Advertisment