मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाण्डौँ, २७ कात्तिक । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्धारा सञ्चालनमा रहेको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको मुक्तिनाथ बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

लघु, साना तथा मझौला उद्यमको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ बैंकले मुख्यतः सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश अन्र्तगत ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने जनाएको छ । परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखी रु. ४० लाख सम्म) प्रदान गर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तीय पहँुच प्रदान गरी लघु, साना तथा मझौला उद्योगको माध्यमबाट दिगो तथा समतामूलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।
विकास बैंकमध्ये अग्रस्थानमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकको ग्राहकले भीसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

Advertisment