प्रजातान्त्रिक आन्दोलनमा निरन्तर संघर्षरत सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेस नवलपरासीका महासमिति सदस्य, काँग्रेसका नेता तिलकप्रसाद सापकोटाका पिता भुमिश्वर सापकोटाको शुक्रबार निधन भएको छ । १०७ वर्षको उमेरमा उहाँको निधन भएको हो । नेपाली काँग्रेस सेनानी संघका सदस्य समेत रहनुभएका भूमिश्वर सापकोटाको शुक्रबार २ बजेर ३५ मिनेटमा निधन भएको उहाँका नाती कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँको आज ब्रह्ममेद संस्कारपश्चात् विहान ९ बजे सागर शवयात्रा गरिने नाती सापकोटाले जानकारी दिनुभयो ।

नेपालको लोकतात्रिक आन्दोलन र समाजसेवामा जीवनपर्यन्त क्रियाशील भूमिश्वर सापकोटाको विसं १९७१ माघ १ मा बागलुङमा जन्मनुभएको थियो । उहाँ नेपाली काँग्रेस सेनानी सङ्घका सदस्य हुनुहुन्थ्यो भने पहिलो संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ पुग्दा निर्वाचन प्रचार अभियानका सदस्य भई काम गर्नुभएको थियो ।

विसं २०१७ पुसमा बिपी कोइराला पक्राउ परेपछि उहाँको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत उहाँ जेल पर्नुभएको थियो । स्व सापकोटाले बागलुङको विशेषगरी दमेक भेगमा शिक्षाको विकास र बाटोघाटो निर्माण तथा अन्य विकासका कार्यहरुमा योगदान पु¥याउनुभएको छ । उहाँले विसं २०१३ मा बागलुङ जिल्लाको दमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय, अमरापुरीका रुपमा स्थापित छ । उहाँले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमहरुको स्थापना र सहयोग गर्नुभएको छ ।

उहाँ विसं २०२९ मा गँैडाकोटमा बसाइ सर्नुभएको थियो । अहिलेको अर्थात आधुनिक गैँडाकोट निर्माणमा पनि उहाँको ठूलो योगदान रहेको छ । उहाँकै संयोजकत्व र पहलमा विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि त्यस समयको सो विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो ।त्यसैगरी गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रमको निर्माण, प्रसिद्ध मौलाकालिका लगायत अन्य मठमन्दिरको निर्माण र स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उहाँले योगदान पु¥याउनुभएको थियो । बिपी कोइरालको सहयात्रीको रुपमा समेत चिनिनु हुने सापकोटा धार्मिक आध्यात्मिक तथा सधैँ सत्य र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

प्रतिबन्धित पञ्चायती राजनीतिक व्यवस्थाको समयमा नेपाली काँग्रेस पार्टीका शिविरहरु सञ्चालन गरेको, बिपी कोइरालालाई गैँडाकोटस्थित आफ्नै घरमा आतिथ्यता गराएर राखेको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई त्यस समयको प्रशासनले पटक पटक दुःख दिएको थियो । उहाँ विसं २०४२ को सत्याग्रह तथा विसं २०४६ र विसं २०६२÷२०६३ को जनआन्दोलनमा पनि सक्रिय रुपमा सहभागी भई नेपालमा प्रजातान्त्रको स्थापनाका लागि लड्नुभएकाो थियो । उहाँका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुनुहुन्छ । तिलक सापकोटासहित उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

Advertisment