चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आइतबार नेपाल आउने

काठमाडौँ, १३ मङ्सिर । मित्रराष्ट्र जनगणतन्त्र चीनका राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आउनुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङ्होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री फेङ्होले प्रधानसेनतापति पुर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुने र सोही दिन साँझ फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपालको दुईदिने भ्रमण पुरा गरी शुक्रबार स्वदेश फर्कनुभएको थियो ।

Advertisment