राजधानीमा आज यो वर्षकै बढी चिसो

काठमाडौँ, १३ मङ्सिर । राजधानी काठमाडौँमा आज यो सालकै बढी चिसो महशुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज यो वर्षकै चीसो महसुस गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । “राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भन्नुभयो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।

Advertisment