नेकपा सचिवालय बैठक सकियो -भोलि फेरि बैठक बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ले अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको जानकारी दिए ।

आजको छलफलमा औपचारिकरुपमा छलफललाई निरन्तरता दिँदै अनौपचारिक संवाद, छलफल र अन्र्तक्रियालाई पनि निरन्तरता दिने निर्णय भएको श्रेष्ठले बताए ।

भोलिसम्म नेताहरुबीच अनौपचारिक छलफल गरेर भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने भएको छ । भोलिको बैठकमा सचिवालयका अन्य नेताहरुले अध्यक्षद्वयको प्रस्ताव उपर आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक आजका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । तर, शीर्ष नेतामा गम्भीर सुरक्षा खतरा भन्दै बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो ।

कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले मंसिर १३ गते जवाफी प्रस्ताव पेश गरेका थिए ।

source:nagarikkhabar

Advertisment