पूल उदघाटन गर्न जाँदा दमौलीमा काँग्रेस वरिष्ठ नेता पौडेल पक्राउ

दमौली, १७ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न जाँदा प्रहरीले कार्यक्रमस्थल नजिकैबाट पक्राउ गरेको छ ।

वरिष्ठ नेता पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धघाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्रणमा लिएको छ भने कांग्रेस कार्यकर्तामाथि जथाभावी लाठी प्रहार गरेको छ ।

सो पुल उदघाटन वरिष्ठ नेता पौडेलले गर्न नहुने भनी यसअघि राष्ट्रिय युवा संघले दमौलीमा मोटरसाईकल रयाली गरेको थियो । झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले साँझ ६ बजेसम्मका कार्यक्रमस्थल लगायतको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेललगायतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Video: Setimadidaily

https://fb.watch/279hPvWVgL/

Advertisment