प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित भएको छ। अर्को बैठक मङ्सिर २० गते वस्ने भएको छ ।

बालुवाटारमा भएको सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि केही बेर बसेर बैठक स्थगित भएको र अर्को बैठक यही मङ्सिर २० गतेका लागि तोकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आज एक बजेको लागि तोकिएको बैठक एक घण्टा पर धकेलिएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थित हुनुभएको हो ।

यसअघि हिजोको बैठकमा पार्टीका दुबै अध्यक्षका तर्फबाट प्रस्तुत भएको प्रस्तावमा छलफल हुन नसकेर बाझाबाझ भएपछि पार्टी अध्यक्ष एवं प्रम ओलीले यस्तो बैठकको के अर्थ भन्दै आफू नआउने जनाउ दिनुभएको थियो । यसले गर्दा १८ गते भनिएको स्थायी समिति बैठक पनि प्रभावित भएको छ ।

Advertisment