काँग्रेस नेता पौडेल गिरफतारी विरुद्ध देशब्यापी प्रतिरोध गरिने सभापति देउवाको चेतावनी

काठमाडौं, १७ मङसिर । तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको पार्टी सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।

काँग्रेस पार्टी सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु भन्नुभएको छ ।

“वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु”, सभापति देउवाले भन्नुभएको छ ।

वरिष्ठ नेता पौडेलको विरोधमा कसले के भने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले आफ्नै गृहजिल्लामा नियन्त्रणमा लिएपछि कांग्रेस नेताहरुले सरकारको चर्को आलोचना गरेका छन ्।
उपसभापति विमलेन्द्र निधी र केन्द्रीय सदस्य शेखर कोइराला लगायतका नेताले सोसल मिडियामा चर्को आलोचना गरेका छन् । ‘स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो,’ उपसभापति निधीले भनेका छन्। यस्तै कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पनि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको प्रतिक्रिया दिएका छन्। मोटरेवल पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको घटनाको संसदीय दल गण्डकीले भत्र्सना गरेको हो। दलका नेता कृष्णचन्द्र नेपालीले विज्ञप्ती जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताएका छन्।

यस्तै, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रहरीले बल प्रयोग गरी हिरासतमा लिएको घटना निन्दनीय र खेदजनक भएको बताएका छन्। ‘नेकपाको स्वार्थ पूर्तिको लागि प्रशासनको यो ढङ्गको दुरुपयोग स्वभाविक मान्न सकिँदैन। जनतामाथि प्रहरीको लाठीचार्ज र दमन तत्काल रोकियोस्। घाइतेहरुको उपचार र गिरफ्तार सबैको तुरुन्त रिहाइ गरियोस्,’ पौडेलले फेसबुकमा भनेका छन्।

यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलगायतका घटनाबाट सत्ता पतनको सुरुवात भएको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, कुनैपनि सत्ताको पतनको शुरुआत निस्चित घटनाक्रमले तय गर्छ । यहाँको सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुँको आपत्तिजनक र निन्दनीय घटनाले गरेको छ । वरिष्ठ नेता २ल्अएबगमभ िसहित तनहुँ कांग्रेस कार्यवाहक समेतलाई गरिएको दुर्व्यवहार र गिरफ्तारीको भत्सर्ना गर्दछौं ।”नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको आक्रमण नियोजित र प्रतिशोधपूर्ण भएको कांग्रेस केन्द्रीय सदस्य गगन थापाको आरोप छ । थापाले बुधबार साँझा सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पौडेलको गिफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुन नसक्नेसमेत दाबी गरेका छन् । उनले पौडेलमाथिको आक्रमण सरकारलाई महँगो पर्नेसमेत चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, “नेका वरिष्ठ नेता  पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । २एः)ल्भउब ियो तपाईँका लागि निकै महँगो पर्नेछ ।”

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरलाले पार्टीका वरिष्ठ नेतामाथि भएको धरपकड र गिरफ्तारीको निन्दा गरेका छन् । महामन्त्री कोइरालाले बुधबार सामाजिक सञ्जालमार्फत तनहुँमा पार्टीका वरिष्ठ नेतालाई नियन्त्रणमा लिइनु निन्दनीय भएको उल्लेख गर्दै घोर भत्र्सना गरेका छन् । उनले लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुने जनाएका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम बिथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएकोसमेत महामन्त्री कोइरलालाले जनाएका छन् । उनले भनेका छन्, “कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ ।

लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्नेछ ।” कांग्रेसका नेता, कार्यकर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र भएको उनले बताएका छन् ।

Advertisment