पुलिसको डण्डाबाट पेलिएका मेरा करङ् हिजो भन्दा आज बढी दुख्दैछ ः काँग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार तनहुँको दमौलीस्थित बुल्दीखोलामा निर्माण भएको पुल उदघाटन गर्न जाँदा पुलिसले गरेको हस्तक्षेपमा परी आफनो शरीरको दुखाई बढेको बताउनुभएको छ । आज बिहान फेसबुकमा स्टाटस लेख्दै उहाँले पुलिसको डण्डाबाट पेलिएका मेरा करङ् दिउँसो भन्दा साँझ झन दुखेर आयो, हिजो भन्दा आज दुखाई बढी छ भन्नुभएको छ ।

उहाँले सात दशकको अथक प्रयासबाट प्राप्त प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकरा मिल्न सकेको छैन भन्दै असली लोकतन्त्र कहिले साकार हुने हो भन्ने प्रश्न गर्नुभएको छ ।

पुल उदघाटन गर्ने जाने क्रममा प्रहरीले नेता पौडेल सहित काँग्रेस कार्यकतालाई पक्राउ गरेको थियो । पुलिसले कार्यकर्तामाथि अश्रुग्यास र डण्डा वर्साउनुका साथ नेता पौडेललाईसमेत झाकलभुकल र अवरोधसहित प्रहरी भ्यानमा राखेर तीनघण्टा प्रहरी नियन्त्रणमा राखेर छोडेको थियो । 

Advertisment