फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा ः ९.५० बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित


काठमाडौँ, २१ मङ्सिर । फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभाले संचित मुनाफावाट शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न सो साधारण सभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गर्नु भएको आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै उक्त प्रस्ताव पारित गरेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव दानराज पन्तले जानकारी दिनुभयो ।

सो सभाले आ.व २०७६।०७७ को सर्वसाधारण शेयरधनीको तर्फवाट संचालकहरु बामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङ (प्रतिनिधि गोर्खाज फाइनान्स) लाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । साधारण सभामा कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको मापदण्डको पालना गरी भौतिक रुपमा उपस्थित हुन नसक्ने शेयरधनीहरुलाई जूममार्फत समेत भर्चुअल सभामा सहभागी गराई साधारण सभा सम्पन्न भएको छ । लघु वित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेल रहनु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल

सो लघुवित्तले उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी आर्थिक वर्ष २०७६÷७७ मा रु. १३ करोड ९७ लाख २७ हजार ५४८ खुद नाफा आर्जन गरेको थियो । सो संस्थाले बैंक तथा वित्तीय संस्थाबाट यस आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा ५ अर्ब ९४ करोड ऋण सापटी प्राप्त गरी साझेदार ऋणी संस्थाहरु मार्फत ६ अर्ब ९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको कामु नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पन्तले बताउनुभयो ।

संस्थाले २०७७ असार मसान्तसम्म ७७ जिल्लामा ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका न्यून आय भएका तथा विपन्न परिवारका १ लाख बढी सदस्यलाई आय आर्जन तथा जीविकोपार्जन गतिविधिमा लघुकर्जामार्फत प्रत्यक्षरुपमा सहयोग गरेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर वितरण पश्चात अधिकृत, जारी तथा चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० हुनेछ ।

 

यसका मुख्य प्रवद्र्धक शेयरधनीमा ग्लोबलआइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सका साथै बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, उच्च तहका व्यवस्थापक तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भएको हो ।

अध्यक्ष सुरेन्द्रराज रेग्मी

यस लघुवित्त वित्तीय संस्थाले ऋणी साझेदार संस्थाहरु मार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ ।

कामु नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दानराज पन्त

 

संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्था र ग्रामीण क्षेत्रमा कार्यरत सामुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

Advertisment