पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असथर्म रहेको प्रम ओलीको स्थायी समितिलाई पत्र

काठमाडौँ, २१ मङ्सिर । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन असथर्म रहेको बताउनुभएको छ । नेकपा पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले स्थायी समितिका प्रिय कमरेडहरु संवोधन गरी एक पत्र पठाउँदै परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचिमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु भन्नुभएको छ ।

स्थायी समितिको आज भएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको पत्रकारहरुलाई जानकारी गराउनुभयो । उहाँले बैठकमा नआएपनि प्रधानमन्त्री ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको बताउनभुयो । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने यसअघिको ओलीको धारणा दोहोरयाइएको थियो । ।

वैठकमा प्रस्तुत प्रस्ताव अध्ययनका लागि एक हप्ताको अवधि तोकिएको छ । स्थायी समितिको आगामी बैठक २८ गतेका लागि तोकिएको छ । यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेलाई सारिएको श्रेष्ठले बताउनुभयो । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीििभत्र जारी विवादका विषयमा केन्द्रीत रहेर भनाई राख्नुभएको बुझिएको छ ।

चिठीको पूर्ण विवरण यस प्रकार छ ।

Advertisment