पोखरेली तमुहरु सामुहिक तमु ल्होछार/ल्होसार मनाउने तयारीमा जुटे

हुम तमु
पोखरा, २२ मंसिर ।तमु जातिको महान पर्व, नयाा वर्ष ल्होछार मनाउन तमुहरु जुट्न थालेका छन्। यसै क्रममा विगतमा जस्तै यसवर्ष पनि पोखरेली तमुहरुले सामुहिक तमु ल्होछार/ल्होसार मनाउने भएका छन्।

पोखरा महानगरपालिका वडा नं.९ नयााबजारस्थित तमु धिं नेपालमा आइतवार बिहान सम्पन्न तमु संघ संस्थाहरुको भेलाले कोभिड १९ कोरोना भाइरसको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरी सिमित उपस्थितीमा विगतमा जसरी नै पुस १६ गते सामुहिकतामा तमु ल्होछार/ल्होसार मनाउने निर्णय भएको आयोजक समितिका सल्लाहकार तमु(गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

संघ संस्थाका अगुवासहित आयोजक समितिको छलफलले कार्यक्रमलाई सभ्य र भव्य बनाउन ११ सदस्यीय सचिवालय गठन गरेको आयोजक समितिका सहसंयोजक गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए।

उनको अनुसार सचिवालयमा तमु (गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषका सचिवालय सदस्य तथा प्रदेश प्रमुख दलबहादुर गुरुङ, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङ, तमु सञ्चारकर्मी नेपालका महासचिव एवम गुरुङ साहित्यीक मञ्चकी महासचिव रोशनी गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीकी अध्यक्ष दिलमाया गुरुङ, तमु साास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ, ङ्योई तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङ र बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ रहेकाछन्।सचिवालयले ल्वों ल्हो आगमनमा सामुहिक ल्होछार/ल्होसारका कार्यक्रमहरु सभ्य, भव्य र व्यवस्थित गर्न आवाश्यक तयारी गर्ने भएको छ।

ल्वों ल्हो आगमनको अवसरमा तमु एकता र तमु ल्होछार/ल्होसारबारे जुम सम्वाद गर्ने, तमु ल्होछार/ल्होसारमा राष्ट्रिय विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १५ गते सबैले घर घरमा बत्ति झिलीमिली गर्ने, शुभकामना आदानप्रदान, जलपान लगायत साास्कृतिक कार्यक्रम समेत गर्ने भएको बताइएको छ।

Advertisment