पेयजल सुरक्षासम्बन्धी चार दिवसीय अन्तराट्रिय बेबिनार मगलबारदेखि, जलसंकट निवारण, जलवायु परिवर्तन, नवप्रविधिमा विमर्श हुने

काठमाडौं, २२ मंसिर । स्मार्ट वास सोलुसन्स प्रा.लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स(आइसीएचयू) को संयुक्त आयोजना तथा  जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको आतिथ्यमा यही मसिर २३ देखि २६ गते(८ दिसेम्बर २०२० देखि ११ दिसेम्बर २०२०) सम्म  भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार हुने भएको छ । आयोजक स्मार्ट वास सोलुसन्स प्रा.लि.का तर्फबाट सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा जीव र वनस्पतिको जीवनसंग जोडिएको पानीको महत्वबारे प्रकाश पार्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले स्वच्छ,सफा र गुणस्तरीय पानीकको महत्व कोरोना भाइरसको संक्रमणले समेत बुझाएको बताउदै भन्नुभयो पानी जीवन हो भने स्वच्छ, सफा र गुणस्तरीय पानी अझ स्वस्थकर, सुरक्षित र  गुणस्तरीय मानव जीवनको द्योतक हो । उहाँले संसारको सबै भागमा स्वच्छ पानीका प्राकृतिक स्रोतहरु उपलब्ध नभएकोले सतही वा भूमिगत पानीका स्रोतहरुबाट प्राप्त पानीलाई प्रशोधन गरेर खान वा उपभोगयोग्य बनाउदै घर घरमा पुर्याउन भने संसारभर नयाँ प्रविधिको विकास भएको उल्लेख गर्नुभयो ।
बढ्दो जनसंख्या, आर्थिक सामाजिक विकास र बढ्दो शहरीकरणका कारण पानीको उपभोग बर्षेनी बढिरहेको चर्चा गर्दै भन्नुभयो, संयुक्त राष्ट्र संघीय शैक्षिक,वैज्ञानिक र सांस्कृतिक संगठन(युनेस्को)ले यसै बर्ष २०२० मा प्रकाशित गरेको प्रतिवेदन अनुसार बिगत १०० बर्षमा पानीको उपयोग ६ गुणा बढेको छ ।
नेपालमा नगरपालिकाहरुको संख्यामा भएको बृद्धिले शहरी जनसंख्या बढन गएको र पानीको आवश्यकता र खपत बढन गएकोले पर्याप्त मात्रामा सुरक्षित पानी पुर्याउने चुनौती थपिएको उहाँले बताउनुभयो ।
उहाँले खानेपानीको माग बढ्दै गएको र आपूर्तिमा चुनौती बढ्दै गएको बेलामा विश्वले जलवायु परिवर्तनका अकल्पनीय असरहरु भोग्नु परिरहेको बताउनु भयो । हिमालहरुमा हिउँ पग्लिएर नांगै हुने अवस्था आएका हिमनदीहरुको लम्बाई घटेको, हिमरेखा माथिमाथि सर्नु, हिमतालहरुको आकार बढेर विष्फोटन हुने जोखिम बढ्नु, बर्षाको प्रवृत्तिमा परिवर्तन हुनु, अतिबृष्टि, अनाबृष्टि,बाढी, पहिरो र खडेरी जस्ता घट्नाहरु बढ्दै गएको बताउनुभयो ।
अध्यक्ष साहका अनुसार सफा र स्वच्छ  पानीका स्रोतहरुको संरक्षण, पानीको भण्डारण,पानीको प्रशोधन र गुणस्तर निर्माण तथा स्वच्छ र गुणस्तरीय पानी उपभोक्ता समक्ष वितरणको व्यवस्थामा विश्वमा विकास गरिएका प्रविधिहरुको उपयोग गरी नेपाली उपभोक्तालाई सहजरुपमा पानी उपलब्ध गराउने कार्यमा संलग्न नेपालका नीति निर्माता, योजनाविद्, प्राविधिक,अभ्यासकर्ता र उपभोक्ताहरुलाई सघाउने उद्देश्यले यो अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा स्मार्ट वासका सल्लाहकार एवम् पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री ई.गणेश साहले पानीको महत्व कहिल्यै कम नहुने बताउदै शहरीकरण बढ्दै गएपछि पानीको उपभोग बढ्ने भएकोले विश्वमा स्वच्छ पेय जल आपूर्तिको विषय चुनौति पूर्ण बन्दै आएको बताउनुभयो ।
उहाँले पानीको मुहान संरक्षणदेखि, संकलन,भण्डारण प्रशोधन,वितरणमा विश्वमा विकसित उन्नत प्रविधि नेपाल भित्र्याएर नेपाली उपभोक्तालाई सहज रुपमा गुणस्तरीय पानी आपूर्ति गराउन सघाउने उद्देश्यले यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनारमा नेपाल र कोरियाका यस क्षेत्रका अगुवा नीति निर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक र अभ्यासकर्ताहरुले जल सुरक्षाको भविष्य, जलवायु परिवर्तन र जल सुरक्षा,जल सुरक्षाको निमित्त सूचना,सञ्चार र प्रविधि तथा पानी आपूर्ति पद्धतिको उन्नत प्रविधिका विषयमा तयार पारिएका १५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रस्तुत कार्यपत्रमाथि यस क्षेत्रका विज्ञ,अभ्यासकर्ता र उपभोक्ताहरुले टिप्पणी गर्नुहुनेछ । यस वेबिनारमा जलवायु परिवर्तनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कम गर्न अपनाउनु पर्ने उपाय, पानीका प्राकृतिक स्रोतको संरक्षण, प्रकृतिले दिने बर्षाको पानीको संकलन, भण्डारण, प्रशोधन र वितरण, खानेपानीको गुणस्तर कायम राख्ने, गुणस्तर कायम राखिएको पोखरीको पानी बिना चुहावट र बिना मिसावट उपभोक्ताको घरसम्म पुर्याउने,घरमा भण्डारण गरिएको पानीको गुणस्तर कायम गर्ने र उपभोगपछिको फालिएको पानीको प्रशोधन र पुन उपयोगको बारेमा विज्ञहरुले प्रस्तुति हुनेछ ।
वेबिनारमा प्रस्तुत कार्यपत्र तथा विज्ञहरुका विचारहरु नेपालका तीनै तहका सरकारका जिम्मेवार पदाधिकारी, नीति निर्माता, योजनाविद्, विधायक, स्थानीय तहका पदाधिकारीहरु, उपभोक्ता समूह, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा आम उपभोक्ता समक्ष पुर्याई नेपाललाई जल सुरक्षा पर्याप्त भएको मुलुकका रुपमा राख्न र नेपाली नागरिकलाई पर्याप्त स्वच्छ, सफा र गुणस्तरीय पानीका माध्यमबाट स्वस्थ्य र दीर्घजीवि राख्न सघाउने आयोजकहरुको विश्वास छ।
नेपाली जनतालाई खानेपानी र पानीजन्य सरसफाईको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने, आम नेपालीलाई पर्याप्त मात्रामा गुणस्तरीय खानेपानी र घरायसी प्रयोगको पानी पुर्याउने,उपभोक्तालाई सहज सेवा पुर्याउन अत्याधुनिक प्रविधिको उपयोग गराउने र उपयोग गरिएको पानी तथा दिसापिसाबजन्य फोहर मैलाको समुचित विसर्जन तथा प्रशोधन गरी देशलाई स्वच्छ राख्दै आम नागरिकलाई रोगमुक्त राख्ने अभिप्रायले स्थापित स्मार्ट वास सोलुसन्सले नेपालका नीति निर्माता, संबन्धित क्षेत्रका विज्ञ, प्राज्ञ,अनुसन्धानकर्ता तथा वैज्ञानिक, अभ्यासकर्ता र आम उपभोक्ता नेपालीहरुलाई एकै स्थानमा ल्याएर खानेपानी र ढल प्रशोधनका विषयमा निकै उपलब्धिमूलक गोष्ठिहरु सम्पन्न गर्दै आएको छ ।
प्राण घातक कोरोना भाइरसको महामारी विश्वभर फैलिएर त्यसलाई रोक्न सरकारले लकडाउन घोषणा गरेपछि यसले आम नेपालीलाई हात धुने बानी सिकाउन र घरघरमा स्वच्छ पानी उपयोगलाई प्रबर्धन गराउन प्रदेशस्तरीय स्थानीय निकायका प्रतिनिधिहरुलाई यसबारेमा जानकारी दिने महत्वपूर्ण कार्य गरेको थियो । त्यसले क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरुमा खानेपानीको गुणस्तर कायम गर्न, पर्याप्त खानेपानीको व्यवस्था गर्न तथा शौचालयको सरसफाई व्यवस्थापनमा स्थानीय निकायहरुको क्षमता अभिबृद्धि गर्न निकै सघाएका संस्थाको दावी छ । सो अवधिमा स्मार्ट वासले उपभोक्ताहरुलाई स्वास्थ्य र सफाई विज्ञ तथा वैज्ञानिकहरुसंग जुम मिटिड.का माध्यमबाट साक्षात्कार गराएको थियो ।

Advertisment